प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे

–उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ३ । प्रेस सन्टर नेपाल ताप्लेजुङको चौंथो जिल्ला सम्मेलनले अध्यक्षमा जीवन कालिकोटेलाई चयन गरेको छ । शुक्रबार बिहान सम्पन्न जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति (कार्यसमिति) सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार लिम्बू, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिनुभयो ।
समावेसी उपाध्यक्ष, समावेसी सहसचिव र केही सदस्य पछि थप गरी समितिलाई पूर्णता दिने निर्णय गरिएको पनि कालिकोटेले बताउनुभयो । यस्तै केन्द्रीय प्रतिनिधिमा दिलकुमार लिम्बू र टीका यक्सो तथा प्रदेश प्रतिनिधिमा राजकुमार गुरुङ र अनिता पन्दाक चयन हुनुभएको छ ।
जिल्ला सम्मेलन नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समिति सदस्य तथा ताप्लेजुङ १ (क) का इन्चार्ज मिङ्माडण्डु शेर्पा, प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य प्रयास लिम्बू, माओवादी केन्द्र ताप्लेजुङ १(ख) का संयोजक विष्णुकुमार लिम्बू, माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य प्रजिन हाङ्बाङ लगायतको उपस्थितिमा सम्पन्न गरिएको नवनिर्वाचित सचिव दिलकुमार लिम्बूले जानकारी दिनुभयो ।