|

मंसिर २९ गतेबाट सिरिजंगा महोत्सव आयोजना हुने,सिरिजंगा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन समेत सोहि दिन उद्घाटन हुँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आउँदो मंसिर २९ गते देखि पुस ४ गते सम्म सिरिजंगा महोत्सव आयोजना गर्ने भएको छ । पालिकाले मंसिर २९ गते सिरिजंगा दिवसकै अवसर पारेर पालिकाको निर्माणाधिन प्रमुख प्रशासकीय भवन समेत उद्घाटन गर्ने भएको छ । पालिकाले शिलान्यास भएको १ बर्षको अवधिमै प्रशासकीय भवनको उद्घाटन गर्न लागेको हो । २०७७ साल मंसिर २९ गते सिरिजंगा दिवसकै दिन प्रशासकीय भवनको शिलान्यास गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुुसार मंगलवार बसेको कार्यपालिकाले बैठकले महोत्सव सञ्चालनको मिति तय गरेको हो । बैठकले पालिका उपाध्यक्ष ज्ञानमाया चौहानको संयोजकत्वमा सिरिजंगा महोत्सव मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा वडा नं ४ तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई,वडा नं २ आम्बेगुदिनका वडाध्यक्ष लालकृष्ण चौहान,वडा नं ३ सिकैचाका वडाध्यक्ष सन्तोषकुमार चाम्लिङ,कार्यपालिका सदस्य बिमला साम्यु र पालिकाका राजश्व तथा प्रशासन शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्री सदस्य रहनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार महोत्सवमा ताप्लेजुङ भरीका ९ वटै स्थानीय तहको संलग्नता हुने गरी अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । पालिकाले प्रतियोगिता अवधिभर सबै पालिकाबाट भलिबल प्रतियोगितामा सहभागिता जनाउन आउने खेलाडी टिमको आवास,खाना÷खाजा खर्च सिरिजंगाले व्यहोर्ने भएको छ । यस्तै अन्य पालिकाबाट खेल प्रतियोगितामा सहभागिता जनाउन आउने पालिकाका खेल टिमका प्रत्येक सदस्यलाइ आतेजाते यातायात खर्च बापत जनही एक हजार रुपैंया बराबरको रकम उपलब्ध गराइने छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य तथा परम्परागत सीप,कला,संस्कृति र रीतिरिवाजको प्रर्वद्धन गर्ने उद्देश्यले प्रर्दशनस्थल राखिने भएको छ । पुस २ र ३ गते ताप्लेजुङ जिल्लाभरीका प्रत्येक पालिकाबाट माध्यमिक तहका १–१ जना बिद्यार्थीको सहभागिता हुनेगरी बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । सो प्रतियोगितामा सहभागिता जनाउन आउने प्रत्येक पालिकाका १–१ जना बिद्यार्थीलाइ आवास,खाना÷खाजा खर्च सिरिजंगा गाउँपालिकाले व्यहोर्ने र यातायात खर्च स्वरुप प्रत्येक बिद्यार्थीलाइ जनही १ हजार रुपैैंयाका दरले रकम समेत उपलब्ध गराइने भएको छ । महोत्सवकै अवसरमा पालिकाले पुस २ देखि ४ गते सम्म जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । यस्तै खेलकुद,साहित्य,कला संस्कृति,कृषि लगायत सामाजिक जीवनका बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यत्तित्वलाइ महोत्सवकै अवसर पारेर सम्मान समेत गरिने भएको छ । महोत्सवमा स्थानीय स्तरमा रहेका बिभिन्न समुदायको झाँकी प्रर्दशनी सहितका कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । यि कार्यक्रम क्रियाकलापका लागि पालिकाले अलग–अलग परियोजना प्रस्ताव तयार गरी स्वीकृत बजेट शीर्षकभित्र पर्ने कार्यक्रमको हकमा सोहि शीर्षकबाट खर्च व्यहोर्ने र स्वीकृत शीर्षकमा बिनियोजित बजेटले नपुग्ने वा नयाँ शीर्षक परेमा उक्त परियोजनाको आर्थिक प्रस्ताव स्वीकृत गरी समपुरक कोषबाट खर्च लेख्ने निर्णय समेत कार्यपालिकाको बैठकले निर्णय लिएको छ । पालिकाले महोत्सव लक्षित गरी मंसिर २६ देखि २८ गते सम्म वडास्तरीइ नकाउट भलिबल प्रतियोगिता आयोजना गरी २८ गतेका दिन सोहि प्रतियोगिताबाट खेलाडी छनौट गरी सिरिजंगा गाउँपालिकाको टीम चयन गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts