पेस्तोल ताकी ज्यान मार्ने उद्योग गरेको अभियोगमा ताप्लेजुङमा एकजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २६ । पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने ३३ बर्षिय एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ३३ बर्षिय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागजिन सहितको पेस्तोल १ थान र गोली २ थान तथा दाप सहितको खुकुरी १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाशकुमार अधिकारीले बताउनुभयो । अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका वडा नं खोजुङ्वा बस्ने २६ बर्षिय बिनोद नाल्बो लिम्बूलाइ कञ्चटमा हातहतियार पेस्तोल ताकी फरार रहेको अभियोग लागेको छ । प्रहरीले अभियुक्तलाइ पक्राउ गरी ज्यान मार्ने उद्योग÷हातहतियार खरखजाना शीर्षकमा जाहेरी दरखास्त लिएर मुद्या दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान जारी राखिएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts