|

एमाले राष्ट्रिय महाधिबशेनमा ताप्लेजुङबाट जाने १३ पदका लागि ४९ जनाको उम्मेदवारी,सबैभन्दा बढी उम्मेदवार खुल्ला र दलिततर्फ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । नेकपा एमालेको राष्ट्रिय महाधिबशेनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ जना महाधिबेशन प्रतिनिधि पदका लागि ४९ जनाको उम्मेदवारी परेको छ । बिहीबार मध्यान्ह १२ः०० बजे सम्मको अवधिमा खुल्ला,महिला र दलित क्लष्टरबाट प्रतिनिधित्व गर्ने १३ पदका लागि ४९ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समिति संयोजक अधिबक्ता बलराम भट्टराईले जानकारी दिनुभयो । खुल्लाबाट ८,महिलाबाट ४ र दलितबाट १ जना गरी १३ जना महाधिबेशन प्रतिनिधि छनौट हुने छन् । खुल्ला ८ पदका लागि आवश्यक पद भन्दा ४ गुणा भन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार खुल्लातर्फ सन्तोष खतिवडा,बलबहादुर साम्सोहाङ,घनेन्द्र मादेन,मणिशंकर पोमू,थर्ककुमार चोङ्वाङ(दिवस),चन्द्रप्रकाश भट्टराई,गोपाल न्यौपाने,दिनेश अधिकारी,छत्रपति प्याकुरेल,दिपेन्द्र पोमू(दिपेन),लक्ष्मीबहादुर यक्सो,चन्द्रप्रकाश मेन्याङ्वो,बिक्रम मेन्याङ्वो,मातृकाप्रसाद भट्टराई,ताराहाङ लिम्बू,गोपाल थोप्रा,देवसेन आङ्बुहाङ,राजेश प्याकुरेल,उदय भट्टराई,इन्द्रबहादुर शेर्पा,तारानाथ घिमिरे,राधाकृष्ण पौडेल,आसलाल लिम्बू(आशिष),कृष्णमान पाङ्मा,डम्बरध्वोज तुम्बाहाम्फे,मंगलसिंह केदेम,हरिप्रसाद थलङ,भूपेन्द्र थेबे,ओङ्दी शेर्पा,यिगेन्द्रकुमार गुरुङ,सिंहबहादुर इवाराम,लिलाचक्र गुरुङ,डिल्लीराम न्यौपाने,सन्तोषकुमार चाम्लिङ र सोमबहादुर राईको उम्मेदवारी परेको छ । दलितबाट १ जना प्रतिनिधित्व हुने पदमा मनकुमार नेपाली,प्रेमबहादुर बिक,छत्रबहादुर बिक,तारा नेपाली र बुद्धिमान परियार गरी ५ जनाको उम्मेदवारी परेको छ । ४ महिला पदका लागि ९ जना उम्मेदवार हुनुहुन्छ । जसमा निर्मला इजम,होमकुमारी साँवा,रामकुमारी लिम्बू,चन्द्रा खतिवडा,टीकादेवी दाहाल,भीमादेवी ओझा,मिनाकुमारी केदेम,कोपिला नेपाली र उर्मिला थेबेको उम्मेदवारी परेको निर्वाचन संयोजक भट्टराईले जानकारी दिनुभयो । यो नामावली उम्मेदवारी दर्ताका आधारमा लिइएको हो । महाधिबेशन प्रतिनिधि छनौट सर्वसम्म्त बनाउन अपरान्ह ४ंः०० बजे छलफल डाकिएको नेताहरुले बताएका छन् । सहमति जुट्न नसके कात्तिक २८ गते ६१ वटै वडा कमिटीहरुमा आबद्ध पार्टी संगठित सदस्यहरुको गोप्य मतदानबाट महाधिबेशन प्रतिनिधि छनौट हुने गरी निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts