सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै ः नेता भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २३ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सत्तारुढ गठबन्धनलाइ नास्पाती र सुन्तलाको कलमीको संज्ञा दिनु भएको छ । उहाँले सत्तारुढ दलले बनाएको राजनीतिक संयन्त्र प्रधानमन्त्रीलाइ छायाँमा पार्न,अधिकार कटौती गर्न र सरकारका प्रत्येक काममा दलिय हस्तक्षेप बढाउने मनशायका साथ गठन गरिएको समेत आरोप लगाउनुभयो । गृह जिल्ला ताप्लेजुङमा मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व पर्यटनमन्त्री समेत रहनु भएका उहाँले भन्नुभयो, ‘न नास्पातिमा सुन्तलाको कलमी हुन्छ न सुन्तलामा नास्पातिको ।’उहाँले सत्तारुढ गठबन्धन लामो समय सम्म टिक्न नसक्ने समेत बताउनुभयो । केहि गम्भिर मुद्दाका कारण यो गठबन्धन सरकार आगामी निर्वाचन सम्म जान नसक्ने उहाँको ठोकुवा थियो । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्र हरेक काममा पार्टीका भागबण्डा मिलाउने उद्देश्य अनुरुप गठन भएकोले यस्ता गतिविधिले सरकार चल्नै नसक्ने उहाँले बताउनुभयो । सत्तारुढ गठबन्धन केवल एमालेको बिरोधका लागि मात्रै गठन भएको समेत उहाँले बताउनुभयो । गठबन्धनको धरातल कमजोर र उद्देश्य अपविपत्र भएकोले यसको आयु समेत लामो नभएको उहाँको जिकिर थियो । उहाँले न्यायालय भित्रको बिबाद संबैधानिक परिषद्मार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts