| |

एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २१ ।
ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा एकजना किशोरीको मृत्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जिल्लाको मैवा गाउँपालिकाद्वारा सञ्चालित प्र १–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा सोही गाउँपालिका–२ ढुङ्गेसाँघुकी १६ वर्षीया हेमकला थोप्रा लिम्बूको मृत्यु भएको छ । ढुङ्गेसाँघुकै स्थानीय एक बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएर जाँदै गरेको एम्बुलेन्स मदनभण्डारी राजमार्गअन्तर्गत मैवाखोला गाउँपालिका–४ साँघुस्थित मिल्के खण्डमा दुर्घटना भएको थियो ।
सडकबाट करिव ६० मिटर तल झरेर एम्बुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएको लिम्बूको धरानतर्फ नै उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सामान्य घाइते छ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मिल्के खण्डको सडक केही उकालो भएकाले एम्बुलेन्स चढ्न (पिकअप लिन) नसक्दा राति १०ः३० बजेतिर दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts