| |

माओवादी केन्द्र वडा समितिद्वारा शुभकामना आदानप्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १८ ।
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) फुङ्लिङ नगरपालिका–८ दोखुको वडा समितिले तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । दशैँ, तिहार, छठ, चासोङ तङ्नाम, तमु ल्होसार लगायत साँस्कृतिक पर्वहरुको अवसर पारेर वडा समितिले बुधबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमसहित जिल्ला तथा फुङ्लिङ नगरस्तरीय नेताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको वडासमितिले जनाएको छ । कार्यक्रममा साँस्कृतिक चाडपर्वले विभिन्न समुदाय र धर्म मान्ने नेपालीहरुबीच भातृत्व, आपसी सद्भाव र मित्रवत् सम्बन्धका लागि टेवा पु¥याउँदै आएको विषयमा चर्चा गरिएको थियो ।
वडा समितिकाअनुसार कार्यक्रम स्थानीय जनप्रतिनिधि, पार्टीका कार्यकर्ता, वडाबासी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts