|

ताप्लेजुङ जिल्ला अस्पताल उत्कृष्ट कार्य सम्पादनका आधारमा प्रदेशभरीमै पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङ जिल्ला अस्पताल उत्कृष्ट कार्य सम्पादनका आधारमा प्रदेश १ भरीका १४ जिल्ला अस्पताल मध्ये पहिलो भएको छ । आर्थिक बर्ष २०७७।०७८ को प्रदेश स्तरीय स्वास्थ्य सम्वन्धी कार्यक्रम सञ्चालनका क्रममा प्रथम भएको ताप्लेजुङ जिल्ला अस्पताललाइ प्रदेश १ को स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको छ । आव २०७७।०७८ को प्रदेश स्तरीय स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीका अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले प्रशंसा पत्र समेत प्रदान गरेको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर अनिता वाइवा र नर्सिङ निरीक्षक बिजया राइले पुरस्कार तथा प्रशंसापत्र ग्रहण गर्नु भएको छ । ताप्लेजुङ जिल्ला अस्पताल उत्कृष्ट कार्य सम्पादनका आधारमा यसअघि पनि पहिलो भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts