|

जिल्ला खेलकुद विकास समितिले पायो पूर्णता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १३ । ताप्लेजुङ जिल्ला खेलकुद विकास समितिले पूर्णता पाएको छ । अध्यक्ष मणिशंकर पोमूले ऐनले दिएको अधिकार प्रयोग गरी १ महिला सहित ५ सदस्यलाइ मनोनयन गरी पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । मनोनित हुनेमा दिलकुमार सुनुवार(पाथीभरा याङ्वरक)अभिशेक(अमृत)पालुङ्वा (फुङ्लिङ नगरपालिका),राजकुमार(राजु)मावोहाङ र महिलातर्फ कोपिला नेपाली(फुङ्लिङ नगरपालिका)रहनु भएको छ । यस्तै जिल्लाभरीका माध्यमिक सामुदायिक बिद्यालयका प्रधानाध्यापकमध्येबाट फुङ्लिङ नगरपालिकास्थित भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राई समेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनयन हुनु भएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित नेपाली सेनाको प्रमुख,जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरी बलको प्रमुख पदेन सदस्य हुने व्यवस्था रहेको अध्यक्ष पोमूले जानकारी दिनुभयो । प्रदेश १ सरकारले केहिदिन अघिमात्र जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा पोमू र उपाध्यक्षमा रुपा नेयोङहाङलाइ नियुक्त गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts