९ मध्ये ७ स्थानीय तहमा एमाले पायो नयाँ नेतृत्व,फुङ्लिङमा गुरुङ सर्वसम्मत,मैवाखोलामा चुनावबाट नेतृत्व छानियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । नेकपा एमालेले ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहमा नेतृत्व चयन गरेको छ । २ स्थानीय तहको नेतृत्व चयन प्रकृया केहि पछिलाइ सारिएको छ । नेतृत्व चयन भएका ७ मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । अधिबेशन सुरु भएको २ दिन पछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङ अध्यक्ष रहेको कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । कमिटी उपाध्यक्षमा ज्ञानु लावती,सचिवमा राजेश प्याकुरेल र उपसचिवद्धयमा मीना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन हुनु भएको छ । उता मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा लालकाजी वनेम निर्वाचित हुनु भएको छ । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाँइ समेत अध्यक्षका प्रतिश्पर्धी हुुनुहुन्थ्यो । यस्तै उपाध्यक्षमा आसा थोप्रा,सचिवमा रुपेन्द्र वनेम,उपसचिवद्धयमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित हुनु भएको छ । यता मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन हुनु भएको छ । कमिटी उपाध्यक्षमा प्रताप साँवा,सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन हुनु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा भीम साम्सोहाङ,सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन हुनु भएको छ । सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटि बनेको छ । कमिटिको उपाध्यक्ष इन्द्र घतानी,सचिवमा पूर्ण डाँगी र उपसचिवद्धयमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन हुनु भएको छ । मेरिङ्देन गाउँपालिकाको अधिबेशन कात्तिक १२ र सिदिङ्वा गाउँपालिकाको कात्तिक २७ गतेलाइ सरेको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts