| |

पाँचथरमा बस दुर्घटनाः चारको मृत्यु, ६१ जना घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ८ ।
पाँचथरमा सोमबार भएको बस दुर्घटनामा बालकसहित चारजनाको मृत्यु भएको छ । बाँकी ६१ जना घाइते भएका छन् । मध्य पहाडी लोकमार्ग फिदिम खण्डको सखरखण्डे क्षेत्रमा सोमबार बिहान ११ः३० बजेतिर को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको थियो ।
पाँचथरको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिको सीमाक्षेत्र निबुखोलाबाट यात्रु लिएर झापातर्फ जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेमा लेटाङका सात वर्षीय प्रज्वल मगर र इलामका ३४ वर्षीय प्रमिला देवान र उहाँको सात महिनाको छोरा निश्चल देवानको मृत्यु भएको छ । यस्तै मृतक एक महिलाको भने पहिचान भई नसकेको जिल्ला प्रहरी कार्याल पाँचथरका प्रहरी निरीक्षक डम्बर डाँगीले जानकारी दिनुभयो ।
यता घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि झापातर्फ एम्बुलेन्समार्फत पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिनुभयो । प्रजिअ ढकालका अनुसार गम्भीर घाइते १५ जनालाई सघन उपचारका लागि नेपाली सेनाको एम–१७ हेलिकप्टरमार्फत धरानको घोपा पठाइएको छ । सामान्य घाइतेहरुको भने पाँचथर जिल्ला अस्पतालसहित अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको पनि प्रजिअ ढकालले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts