|

ताप्लेजुङका स्थानीय तहमा ७६ लाख बढी रकम असुल उपर गर्नुपर्ने बेरुजु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ८ । महालेखा परीक्षक कार्यालयले ताप्लेजुङका स्थानीय तहबाट ७६ लाख रुपैंया बढी रकम असुल उपर गर्नुपर्ने बेरुजुको रुपमा रहेको औंल्याएको छ । मलेपको ५८ औं बार्षिक प्रतिबेदनमा पाथीभरा याङ्वरक गाउँपालिका बाहेक अरु सबै ८ स्थानीय तहको असुल उपर हुनुपर्ने बेरुजु रकम ७६ लाख ३ हजार रुपैंया रहेको उल्लेख गरिएको छ । मलेपले स्थानीय तहगत रुपमा असुल उपर हुनुपर्ने बेरुजु रकम औंल्याएको छ । जस अनुसार फक्ताङलुङ गाउँपालिकाबाट २० लाख ५७ हजार,आठराइ त्रिबेणी गाउँपालिकाबाट १५ लाख ५७ हजार,फुङ्लिङ नगरपालिकाबाट १२ लाख १५ हजार र मिक्वाखोला गाउँपालिकाबाट १० लाख २५ हजार रुपैंया रहेको छ । यस्तै मेरिङ्देन गाउँपालिकाबाट ८ लाख ३० हजार,मैवाखोला गाउँपालिकाबाट ५ लाख ५९ हजार,सिदिङ्वा गाउँपालिकाबाट २ लाख २३ हजार र सिरिजंगा गाउँपालिकाबाट १ लाख ३७ हजार रुपैंया असुल उपर गर्नुपर्ने बेरुजु रकम रहेको मलेपले औंल्याएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts