| | |

भट्टराईको कविता सङ्ग्रह सम्पत्ति प्रकाशित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २० ।
ताप्लेजुङका एक पत्रकारले सम्पत्ति नामक कविता सङ्ग्रह प्रकाशित गर्नुभएको छ । विगतदेखि साहित्य क्षेत्रमासमेत सक्रिय रहँदै आउनुभएका पत्रकार कमलप्रसाद भट्टराई ‘अकिञ्चन’ ले पहिलो प्रकाशित कृतिका रुपमा सम्पत्ति कविता सङ्ग्रह प्रकाशित गर्नुभएको हो ।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ दोखु निवासी अग्रज पत्रकार भट्टराईले सम्पत्ति कविता सङ्ग्रहमा २०४४ देखि २०५६ सालभित्र लेखेका पुराना कविताहरु समेट्नु भएको छ । कुल ८० पृष्ठको सङ्ग्रहमा ४९ वटा कविता समावेश गरिएका छन् । फुटकर रचनाका रुपमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका भट्टराईका पुराना कविताहरुको सङ्गालो ‘सम्पत्ति’ कविता सङ्ग्रह पठनीय नै रहेको छ भने अधिकांस कविता सामाजिक र सन्देशमुलक रहेका छन् ।
कवि तथा पत्रकार भट्टराई नेपाल पत्रकार महासंघ ताप्लेजुङका हाल उपाध्यक्ष हुनुहुन्छ भने जनआस्था लगायत सञ्चारमाध्यममा आवद्ध हुनुहुन्छ । उहाँ शिक्षण पेशामा समेत सङ्लग्न रहनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts