सिदिङ्वाद्धारा पहिलो त्रैमासिकको सासुभत्ता निकासा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालू आर्थिक बर्ष २०७८।०७९ को सामाजिक सुरक्षाभत्ता बापतको रकम सम्वन्धित लाभग्राहीलाइ निकासा गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सिग्देलका अनुसार गाउँपालिकाबाट सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको पहिलो त्रैमासिक भत्ता पालिकाको केन्द्रमा रहेको लक्ष्मी बैंकमा निकासा गरिएको छ । गाउँपालिकाले बैंक खाता अद्यावधिक गरिसकेका लाभग्राहीले बैंकमा गइ सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझी लैजान तथा बैंक खाता अद्यावधिक गर्न बाँकी रहेका लाभग्राहीलाइ यथाशीघ्र बैक खाता अद्यावधिक गर्न समेत भनेको छ । पालिकाले बैंक खाता अद्यावधिक नगरे बैंकबाट सामाजिक सुरक्षा भत्ता निकासा हुन नसक्ने समेत अवगत गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts