दुई व्यवसायी तामाङ र केदेमले ल्याए उत्कृष्ट मत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १७ । ताप्लेजुङबाट नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा निर्वाचितमध्ये बैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङ र निर्माण व्यवसायी इन्द्र केदेमले उत्कृष्ट मत ल्याउनु भएको छ ।

तामाङ केहि समय अघि मात्र एमाले छाडेर काँग्रेस प्रवेश गर्नु भएको थियो । प्रत्यक्ष खुल्लातर्फ प्रतिश्पर्धा गर्नु भएका तामाङले २१ प्रतिश्पर्धीमध्ये सर्वाधिक ७ सय २९ मत ल्याउनु भयो । आदिवासी जनजाति दुल्ला सदखस्यतर्फ प्रतिश्पर्धा गर्नु भएका केदेमले ६ सय १० मत ल्याउनुभयो । कूल १ हजार ३७ मत खसेकोमा तामाङ र केदेमले उत्कृष्ट सर्वाधिक मत ल्याउनु भएको हो । युवा निर्माण व्यवसायी केदेम पछिल्लो समय निर्माण व्यवसाय र राजनीतिको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।


सबैभन्दा बढी अन्तरले जिते वालुुङले
अल्पसंख्यकतर्फबाट महाधिबेशन प्रतिनिधि ६ सय ४६ मतका साथ महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिश्पर्धी पार्कल देवाले २ सय ६५ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको अन्तर ३ सय ८१ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts