हिमचितुवामा आधारित पाठ्यक्रममार्फत संरक्षण शिक्षा अघि बढाउन ताप्लेजुङमा कार्यशाला सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १७ । हिमचितुवामा आधारित आधारभूत तहको पाठ्यक्रममार्फत संरक्षण शिक्षा प्रवद्र्धनको योजना अघि बढाउन ताप्लेजुङमा आइतवारबाट २ दिने कार्यशाला सुरु भएको छ । स्नोलियोपार्ड कञ्जरभेन्सी टेका समूह नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हिमाली संरक्षण मञ्चको समन्वयमा कार्यशाला सुरु भएको हो । टेका नेपाल समूहका अध्यक्ष अनिल अधिकारीले हिमचितुवाका बारेमा २ बर्षे कोर्ष पढ्ने बिद्यार्थी नागरिक वैज्ञानिक व्यत्तित्वको रुप्मा खडा हुन सक्ने बताउनुभयो । उहाँले बिद्यालय तहबाटै हिमचितुवाका बारेमा ज्ञानको प्रचार भएमा यसले संरक्षण शिक्षा प्रवद्र्धनमा समेत सघाउने बताउनुभयो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार कार्यशालामा ६ वटा बिद्यालयका व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक÷शिक्षक र बिद्यार्थी सहभागी छन् ।
कार्यक्रममा अथिति मन्तब्य राख्दै शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जैविक बिबिधताको खानी तथा वातावरण संरक्षणको पर्खाइमा रहेको ताप्लेजुङमा हिमचितुवा र रेडपाण्डा जस्ता दुर्लभ प्रजातिको संरक्षण अभियानका लागि बिद्यालय क्षेत्रलाइ परिचालन गर्न पाठ्यबस्तु बनाइनु चानचुने बिषय नभएको बताउनुभयो । बिद्यालय तहबाटै बिद्यार्थी र शिक्षकमार्फत अभिभावक सम्म संरक्षण शिक्षा प्रेषित गर्ने उद्देश्यले बनाइएको पाठ्यक्रम संरक्षण शिक्षाका लागि बहुउपयोगी बन्ने उहाँको भनाइ थियो । तयार पारिएको पाठ्यक्रमलाइ पाठ्यक्रम विकास केन्द्रसंगको समन्वयमा पु¥याउन समेत उहाँले सल्लाह दिनु भएको छ । कार्यक्रममा सिरिजंगा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सन्तोष चाम्लिङ,मिक्वाखोला गाउँपालिकाका शिक्षा अधिकृत प्रविन राई,रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक वाङ्चुक शेर्पा,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का मनकुमार लिम्बू,बिद्यालय व्यवस्थापन समितिकातर्फबाट दीपक लिम्बू र टेका नेपालका कोषाध्यक्ष संगिता भण्डारी सहितको उपस्थिति रहेको हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले जानकारी दिनुभयो ।