नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ पाथीभरा मन्दिरको दर्शन पछि फिर्ता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १६ । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन पछि शनिवार संघीय राजधानी काठमाण्डौतर्फ फर्कनु भएको छ । मन्दिरको दर्शन गर्न आउनु अघि र दर्शन पछि फर्कदा फुङ्लिङ हेलिप्याडस्थित मेवाखोला हिल रिर्सोटमा बस्नु भएकी राजदूत एलिजाबेथ मन्दिरको दर्शनमा जानु भएको पुष्टी पाथीभरा क्षेत्र विकास समितिले गरेको छ ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले राजदूत एलिजाबेथले ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराको दर्शन गरी फर्कनु भएको जानकारी दिनुभयो । राजदूत एलिजाबेथ इलाममा सञ्चालित बिभिन्न परियोजनाको स्थलगत अध्ययनका लागि आउँदा इलामबाट पाथीभरा मन्दिरको दर्शनकै लागि ताप्लेजुुङ आउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts