काँग्रेस ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्रको नतिजा ः १(क)मा भट्टराई र १(ख)मा हाङ्गाम बिजयी,जिल्ला अधिबेशन आजबाट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । नेपाली काँग्रेस ताप्लेजुङका दुई प्रदेश निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा संस्थापन पक्ष र संस्थापन इतर पक्षले एक–एक निर्वाचन क्षेत्रको नेतृत्व पाउनु भएको छ । निर्वाचन क्षेत्र नं १(क)मा सभापति र दुई उपसभापतिमा संस्थापन इतर पक्षका उम्मेदवार बिजयी हुुनु भएको छ भने निर्वाचन क्षेत्र नं १(ख)का सभापति,उपसभापति,सचिव र सहसचिव सहित अधिकाँस पदमा संस्थापन पक्ष बिजयी भएको छ । निर्वाचन क्षेत्र नं १(क)मा संस्थापन इतर पक्षका लक्ष्मीप्रसाद भट्टराई प्रतिश्पर्धी संस्थापन पक्षका बमप्रसाद गौतमलाइ ८४ मतान्तरले पराजित गर्दै बिजयी हुनुभयो । भट्टराईले ३ सय २३ र गौतमले २ सय ३९ मत ल्याउनुभयो । उपसभापतिमा भट्टराई समूहकै गणेश खिम्दिङ र तेजेन्द्र इदिङ्गो बिजयी हुनुभयो । दुइ सचिव पदमा गौतम समूहका केवल मादेन र भट्टराई समूहका ललित गुरुङ निर्वाचित हुनु भएको छ । यस्तै दुई सहसचिवमा भट्टराई समूहका चन्द्र मादेन र गौतम समूहका पुण्य बराल बिजयी हुनुु भएको छ । प्रदेश निर्वाचन क्षेत्र नं १(क)मा पदाधिकारी जस्तै प्रदेश प्रतिनिधि समेतमा मिश्रित नतिजा आएको छ । उता प्रदेश निर्वाचन क्षेत्र नं १(ख)मा भने संस्थापन पक्षका खगेनसिंह हाङ्गामको प्यानलै बिजयी भएको छ । एकाध बाहेक सबै पदमा हाङ्गाम समूह बिजयी भएको छ । हाङ्गामले संस्थापन इतर पक्षका उदयकुमार आङ्बुहाङलाइ ८८ मतान्तरले पराजित गर्नुभयो । हाङ्गामले २ सय ७९ र आङबुहाङले १ सय ९१ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । यस्तै उपसभापति द्धयमा हाङ्गाम समूहका टेक वनेम र मनकुमार यक्सो,सचिवद्धयमा हाङ्गाम समूहकै नारायणप्रसाद वनेम र विकास साम्रा र सहसचिवमा हाङ्गाम समूहकै पेम्बा शेर्पा र ज्ञानु घिमिरे निर्वाचित हुनु भएको छ । निर्वाचन क्षेत्र नं १ मा ५ सय ९९ मतदाता रहेकोमा ५ सय ६३ मत खसेको थियो भने निर्वाचन क्षेत्र नं १(ख)मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय ७५ मत खसेको थियो ।
आजबाट जिल्ला अधिबेशन सुरु हुँदै,जिल्ला र महाधिबेशन प्रतिनिधिमा पनि प्यालनगत भिडन्त
यसैबीच वडा,पालिका हुँदै प्रदेश निर्वाचन क्षेत्र अधिबेशन सम्पन्न गरेको नेपाली काँग्रेस ताप्लेजुङको आजबाट जिल्ला अधिबेशन सुरु हुँदैछ । जिल्ला अधिबेशनको औपचारिक उद्घाटन सकिए लगत्तै आजै जिल्ला कार्य समिति र महाधिबेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार मतदान बाहेकका सबै निर्वाचन कार्यक्रम आज सम्पन्न गरिने छ भने शनिवार बिहान ८ बजे बाट मतदान हुने छ । संस्थापन पक्षले पूर्व जिल्ला सचिव गजेन्द्र तुम्याहाङको नेतृत्वमा जिल्ला कार्य समितिको निर्वाचनमा प्रतिश्पर्धा गर्नेगरी आफ्नो टिमको घोषणा गरेको छ । यो समूहबाट उपसभापतिमा डिल्लीरमण बराल र रवीन्द्रकुमार वनेम उम्मेदवार बन्दै हुनुहुन्छ । सचिवमा डम्बर हाङ्गाम(युकहाङबीर) र नन्दकुमार ओझा तथा सहसचिवमा जंग सुनुवार(तेज) र नन्दकुमार आङ्बुहाङको नाम यसअघि नै घोषणा गरिएको छ । संस्थापन इतर समूहले नेपाली काँग्रेस ताप्लेजुङका बर्तमान सचिव छबिरमण गुरुङको नेतृत्वमा निर्वाचनमा जाने गरी उम्मेदवार घोषणा गरेको छ । गुरुङ समूहले जिल्ला कार्य समिति उपसभापतिमा गणेशबहादुर चोङ्वाङ र चन्द्रमान खोयाहाङ र सचिवमा चक्र भट्टराई र मातृकाप्रसाद शेर्पाको नाम घोषणा गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts