सक्रिय कोरोना संक्रमित संख्या घट्ने क्रममा लाग्यो ब्रेक,४ थपिए, १ जना संक्रमणमुक्त

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमित संख्या निरन्तर घट्दै आएको तथ्याङकमा ब्रेक लागेको छ । यो सहित बुधवार अपरान्ह सम्म सक्रिय संक्रमितको संख्या ३७ मा उक्लिएको छ । मंगलवार अपरान्ह सम्म यहाँ सक्रिय कोरोना संक्रमितको संख्या ३४ थियो । ४ जना नयाँ संक्रमित थपिएका र १ जना निको भएका छन् । जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत टंकप्रसाद सिटौलाका अनुसार कोरोना संक्रमण शुन्य भएको आठराइ त्रिबेणी गाउँपालिकामा १ जना संक्रमित भएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गर्दा ३ जना थपिएका छन् । यो सहित अस्पतालमा परीक्षण गराएकामध्ये अझै १३ जनामा संक्रमण कायम रहेको देखिएको छ । १९ जना सक्रिय संक्रमित रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा १ जना संक्रमणमुक्त भएपछि त्यहाँ सक्रिय संक्रमितको संख्या १८ मा झरेको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ५ सय १९ जनामा संक्रमण देखिएकोमा २ हजार ४ सय ६६ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ ।