फुङ्लिङ नगरपालिकामा किशोरीको सव फेला
–उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ८ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै एक किशोरीको शंकास्पद अवस्थामा सव फेला परेको छ । फुङ्लिङ नगरपालिका–७ दोखुको निगाले भीरमा शुक्रबार दिउँसो किशोरीको सव फेला परेको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई हाल सदरमुकामको बिहीबारे टोलमा डेरा गरी बस्दै आएकी १८ वर्षीया पुष्पा लिम्बूको सव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिम्बू बिहीबारे टोलमा डेरा बसी फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार किशोरीको सव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको सव गृहमा राखिएको छ । किशोरीको टाउको र शरीरको केही भागमा चोट रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।