|

ताप्लेजुङ अस्पतालमा उपचारका लागि आउने कोभिडका बिरामी घट्दै,३ पालिका संक्रमणमुक्त

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । सक्रिय कोरोना संक्रमित घटेसंगै ताप्लेजुङको कोभिड अस्पतालमा उपचारार्थ भर्ना हुने बिरामीको संख्या पनि घटेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार प्रकाशित गरेको बिबरण अनुसार अहिले ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचारका लागि १ जना मात्र बिरामी भर्ना भएका छन् । त्यहाँ कम्तिमा ६ र बढीमा १४ जना सम्म बिरामी उपचारका लागि भर्ना हुने गरेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले ताप्लेजुङबाट थप उपचारका लागि जिल्ला बाहिर कुनै पनि बिरामी लगिएका छैनन् । ७८ जना सक्रिय कोरोना संक्रमित रहेकोमा ७७ जना होम आइसोलेसनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । सबैभन्दा बढी कोरोना संक्रमित पाथीभरा याङ्वरक गाउँपालिकामा रहेका छन् । त्यहाँ ३६ जना सक्रिय संक्रमित होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला अस्पतालमा परीक्षण गराएका २७ सहित फुङलिङ नगरपालिकामा २९ जना सक्रिय संक्रमित रहेका छन् । सिरिजंगा गाउँपालिकामा ८ जना,आठराइ त्रिबेणी र सिदिङ्वामा २–२ जना र मैवाखोलामा १ जना सक्रिय संक्रमित रहेका छन् । मेरिङदेन गाउँपालिका,मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिका संक्रमण शुन्य पालिका बनेका छन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ५ सय २ जनामा संक्रमण देखिएकोमा २ हजार ४ सय ८ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts