| |

उज्यालो पोष्ट दैनिकका सम्पादक अधिकारीले जनसेवाश्री पदक पाउने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३ ।
ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीलाई सरकारले जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । संबिधान दिवसको अवसरमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट अधिकारी सम्मानित हुनुहुने भएको हो ।
सरकारले आइतबार (आज) घोषणा गरेअनुसार पदक पाउने अधिकारीसहित देशभरका ९०३ जनालाई आगामी बैशाख १ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभूषित गर्नुहुने छ । बिगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष हुनुुहुन्छ भने नागरिक दैनिकाका सम्वाददाता र अन्य सञ्चारमाध्यममा समेत संलग्न हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts