|

कात्तिक १९ गते शुक्रवार सम्म फुङ्लिङ बजार खुल्ला हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३१ । दशैं–तिहार जस्ता चाडपर्व नजिकिन थालेपछि प्रत्येक शुक्रवार बन्द हुने ताप्लेजुङको फुङ्लिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघले असोज १ गते शुक्रवारबाट बजार खुुल्ला गरी कात्तिक १९ गते सम्म खुल्ला गर्ने र कात्तिक २६ गते शुक्रवारबाट फेरी साप्ताहिक रुपमा बन्द हुने निर्णय लिएको संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । चाडवाडका बेला उपभोक्तालाइ किनबेचमा सहज होस् भनेर ताप्लेजुङ उद्योग बाणिज्य संघले दशैं–तिहार–छैठ पर्व सम्मका लागि साप्ताहिक रुपमा बन्द हुने फुङ्लिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने गरी निर्णय लिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts