|

ताप्लेजुङ उद्योग बाणिज्य संघद्धारा ८० थान पीपीई सेट प्रदान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङ उद्योग बाणिज्य संघले कोरोना बिरुद्धको लडाइँमा अग्रसर जनशक्तिले प्रयोग गर्ने ८० थान पीपीई सेट कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाइ हस्तान्तरण गरेको छ । कोरोना महामारी नियन्त्रणमा सघाउ पुगोस् भन्ने हेतुले यि सामग्री हस्तान्तरण गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । बाणिज्य संघले जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष एवम् ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन र ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाइ पीपीई सेट हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय अधिकारी आत्मराम सत्याल,जिल्ला प्रहरी प्रमुख(प्रहरी नायव उपरीक्षक) बाल नरसिंह राणा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँइ लगायतको उपस्थिति रहेको थियो । ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले सामुदायिक उत्तरदायित्व अभियानमा सहयोग गर्ने ताप्लेजुङ उदोग बाणिज्य संघको निर्णय अनुसार यस्तो सहयोग गरिएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts