ताप्लेजुङको फुङ्लिङमा भदौ २७ गतेबाट कोरोना बिरुद्धको खोप लगाइदैं,१८ बर्ष उमेर पूरा भएका सबैलाइ खोप दिने तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २४ । ताप्लेजुङमा भदौ २७ र २८ गते एक्सट्राजेनेका र भेरोसिलखोप सञ्चालन गरिने भएको छ । जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फुङ्लिङ नगरपालिकामा बसोबास गर्ने २ हजार ९ सय ९० जनालाइ एक्सट्राजेनेका खोप दिने निर्णय गरेको हो । समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार १८ बर्ष पूरा भएका बिद्यार्थी,बैदेशिक रोजगारीमा जाने तयारीका रहेका र अन्य आवश्यक मापदण्ड पुगेका फुङ्लिङमा बसोबास गर्नेहरुलाइ एक्सट्राजेनेका खोप दिइने छ । भारतीय कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकालाइ भने बिशेष प्राथमिकताकासाथ एक्सट्राजेनेका खोप दिइने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रमा रहेका सबै खोपकेन्द्रमार्फत खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायले बताउनुभयो । यस्तै १ हजार ८८ जनालाइ पुग्ने भेरोसिल खोपको २ सय डोज फक्ताङ्लुङ गाउँपालिकाको वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङ्खिमको सिँवा स्वास्थ्य चौकीलाइ पठाइने भएको छ । यसअघि पहिलो मात्रा लगाएकालाइ दोस्रो मात्रा र लगाउन छुट भएका फक्ताङ्लुङ गाउँपालिकाका १८ बर्ष भन्दा माथिका नागरिकलाइ पहिलो मात्रा समेत दिने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अधिकाँस १८ बर्ष उमेर पूरा भएका नागरिकले खोप पाइसकेको तर केहि लगाउन छुट भएको भए उनीहरुलाइ प्राथमिकता दिएर खोप बितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समितिले फक्ताङ्लुङ गाउँपालिका पछि फुङ्लिङ नगरपालिकालाइ कोरोना बिरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने गरी तयारी थालेको छ । फक्ताङ्लुङ गाउँपालिकाका अधिकाँसले खोप लगाइसकेको र छुटेकाको हकमा अबका खोप अभियानमा समेटेर त्यसपछि फुङ्लिङ नगरपालिकालाइ खोपयुक्त बनाउने तयारी थालिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । अहिले १ हजार ८८ डोज भेरोसिलको मात्रामध्ये फक्ताङ्लुङ पठाएर बाँकी रहेको सबै डोज फुङ्लिङ नगरपालिका क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाइ लगाइने भएको छ । त्यसपछि क्रमैसंग अन्य पालिका क्षेत्रलाइ कोरोना बिरुद्धको खोपयुक्त क्षेत्र बनाउन प्रयास थालिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts