| | |

निजामति सेवा दिवसमा ताप्लेजुङमा तेजपत्ताका बिरुवा रोपियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २२ । निजामति सेवा दिवसका अवसरमा मंगलवार ताप्लेजुङमा वृक्षरोपण गरिएको छ । तोक्मेडाँडास्थित शिवालय नजिकको खाली जमिनमा वृक्षरोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजन तथा डिभिजन वन कार्यालयको व्यवस्थापनमा तेजपत्ताका बिरुवा रोपिएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले वृक्षरोपणको शुभारम्भ गर्दै यसको जर्गेना र संरक्षणमा महत्व दिनुपर्ने बताउनुभयो । उहाँले तेजपत्ता हरेक घरका भान्छामा प्रयोग हुने र औषधिय तत्व समेतको गुणल बोेकेको वृक्ष भएकोले यसको संरक्षण र जगर्नेमा सबैको दायित्व हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी आत्माराम सत्याल,सिचाँइ कार्यालय ताप्लेजुङका प्रमुख ऋषिभक्त कोजु,जिल्ला प्रहरी प्रमुख(प्रहरी नायव उपरीक्षक)बाल नरसिंह राणा,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँइ,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराई,जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख पुष्पराज बाँस्तोला,नापी अधिकृत विज्ञान बन्जरा,जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका निमित्त प्रमुख टेकनाथ अर्याल र डिभिजन वन सहितका बिभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । तेजपत्तालाइ बहुउपयोगी वृक्ष मानिन्छ । प्राय मसलाको रुपमा यसको प्रयोग गर्ने प्रचलन रहेको छ ।

चिया देखि तरकारीजन्य,पुलाउ,बिरयानी सहितका खाद्य परिकारमा तेजपत्ता प्रयोग गर्ने चलन रहेको छ । तेजपत्तामा औषधिय गुण समेत हुने भएकोले यो बहुउपयोगी वृक्ष रहेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख बीरेन्द्र शाहले जानकारी दिनुभयो । चिकित्सकहरुका अनुसार यसले पत्थरीलाई ठीक गर्न सहयोग गर्छ । गर्भपात हुनबाट जोगाउँन समेत सक्ने क्षमता भएको तेजपत्ताको पातलाई चपाएर खानाले मुख मिठो बनाइ राख्छ । यसको पात वा बोक्रालाई पिसेर धुलो बनाइ पानीसँग मिलाई खानाले रुघाखोकी, वाथ र पेटका धेरै रोगलाई ठिक पार्ने औषधिय गुण रहेको चिकित्सकहरु बताउँछन् । सरकारले निजामति सेवा दिवसका क्रममा अबको ५ बर्षका लागि‘व्यवसायिक र सृजनशिल प्रशासन ः विकास,समृद्धि र शुसासन‘भन्ने नारा तय गरेको छ । हरेक बर्षको भदौ २२ मा यो दिवस मनाइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts