|

मेरिङ्देन गाउँपालिका उपाध्यक्ष सहित थप ५ जनप्रतिनिधिले रोजे नेकपा एस,सनाखत गर्नेको संख्या १४ पुग्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फे सहित थप ५ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) रोज्नु भएको छ । यो सहित सोमवार सम्ममा नेकपा एसका पक्षमा यहाँका १४ जना जनप्रतिनिधिले सनाखत गर्नु भएको छ । आइतवार ९ जनाले खनाखत गरेकोमा सोमवार ५ जनाले नेकपा एसका पक्षमा सनाखत गरेको जिल्ला निर्वाचनले पुष्टी गरेको छ । सोमवार तुम्बाहाम्फे सहित मेरिङ्देन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गणेशप्रसाद भण्डारी,आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ चाँगेका अध्यक्ष डम्बरबहादुुर लिम्बू,मेरिङ्देन गाउँ कार्यपालिका सदस्य गौमाया साँवा(सामेखाम) र फुङ्लिङ नगरपालिका वडा नं २ का वडा सदस्य जीतहाङ थलङले सनाखत गर्नु भएको हो । आइतवार जिसस उपप्रमुख देवीमाया नेपाली सहित मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू,जिल्ला समन्वय समिति सदस्य निमतेञ्जी शेर्पा,मेरिङ्देन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका कार्यपालिका सदस्य सूर्यमान बराइली,मेरिङ्देन गाउँपालिकाका कार्यपालिका सदस्य दोर्जी शेर्पा,मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोहि वडाका दलित महिला सदस्य दिलमाया नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं २ का वडासदस्य पूर्णबहादुर कामी र मेरिङ्देन गाउँपालिका वडा नं १ का वडासदस्य मानबहादुर लिम्बूले सनाखत गर्नु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँका ९ स्थानीय तहमध्ये नेकपा एमालेले ५ प्रमुख÷अध्यक्ष र ५ उपाध्यक्ष पदमा बिजय हासिल गरेको थियो । जिल्ला समन्वय समिति चुन्न मताधिकार प्राप्त १८ मध्ये नेकपा एसमा तुम्बाहाम्फेको पहिलो उपस्थिति हो । जिससका पदाधिकारी तथा सदस्यका लागि स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपाध्यक्ष मात्र मतादाता हुन्छन् । निर्वाचन आयोगले नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी प्रवेशका लागि २२ भदौ सम्मको समायवधि तोकेको छ । जिल्ला समन्वय समितिमा नेतृत्व हासिल गर्दा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन १२ तथा उपप्रमुख नेपाली १० मत सहित बिजयी बन्नु भएको थियो । १ उपप्रमुख र १ उपाध्यक्ष पदमा बिजय हासिल गरेको माओवादी केन्द्रले जिससमा आफ्ना पक्षका उम्मेदवार नभएपछि प्रमुख पदमा नेकपा एमाले र उपप्रमुुख पदमा नेपाली काँग्रेसलाइ मत दिएको थियो । ४ अध्यक्ष र २ उपाध्यक्ष जितेको काँग्रेसले जिससमा उठाएका प्रमुख पदका उम्मेदवार सुरेन्द्र इवारामले ६ तथा उपप्रमुख पदका उम्मेदवार गीताकुमारी सेन्दाङले ८ मत प्राप्त गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts