|

ताप्लेजुङका ३ वटा पालिकामा कोरोना संक्रमित शुन्य,सक्रिय संक्रमित ६ प्रतिशत भन्दा कममा भ¥यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ६ प्रतिशत भन्दा कममा झरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार अपरान्ह प्रकाशित गरेको बिबरण अनुसार ताप्लेजुङमा अहिले १ सय ३८ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार आठराइ त्रिबेणी गाउँपालिका,मैवाखोला र मेरिङदेन गाउँपालिकामा सक्रिय कोरोना संक्रमित छैनन् । सबैभन्दमा बढी ताप्लेजुङ जिल्ला अस्पताल र फुङलिङ नगरपालिकामा परीक्षण गराएका तथा पाथीभरा याङ्वरक गाउँपालिकामा समान ५८–५८ जना कोरोना संक्रमित रहेका छन् ।

सहायक प्रजिअ खड्काका अनुसार मिक्वाखोला गाउँपालिकामा ३ जना,फक्ताङलुङमा १ जना,सिदिङ्वा गाउँपालिकामा १० जना र सिरिजंगा गाउँपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय २९ जना होम आइसोलेसनमा,५ जना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा र ४ जना थप उपचारका लागि जिल्ला बाहिर रहेका छन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा २ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएकोमा २ हजार २ सय ९४ जना संक्रमणमुुक्त भएका छन् । ६ प्रतिशत भन्दा कममा मात्र सक्रिय संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कोभिड–१९ सम्पर्क व्यक्ति बिजय गोठाले गौतमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts