| | |

पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाइ भट्टराईको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिनु भएको छ । पूर्व पर्यटनमन्त्री समेत रहनु भएका भट्टराईले सडक र भवनजस्ता भौतिक पूर्वाधारतर्फका काममा मात्र जनप्रतिनिधिको ध्यान जाँदा पूर्वाधार भित्रका अत्यावश्यक आवश्यकता ओझेलमा परेको गृह जिल्ला ताप्लेजुङको जिल्ला समन्वयले आयोजना गरेको आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षा कार्यक्रमलाइ शुक्रवार सम्बोधन गर्दै भट्टराईले शिक्षा क्षेत्रमा लगानी बढाउन र नयाँ पूर्वाधारमा नभइ कायम रहेका पूर्वाधारको सवलीकरणमा ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिलाइ आग्रह समेत गर्नु भएको छ । उहाँले जनताको मनलाइ मतको रुपमा र उनैले तिरेको करबाट पारिश्रमिक सुबिधा समेत लिएकोले जनप्रतिनिधि जनताप्रति बढी नै उत्तरदायी हुनुपर्ने समेत बताउनुभयो । जनताप्रति उत्तरदायी बन्ने प्रकृयाले नै लोकतान्त्रिक व्यवस्थाको जग अझ बलियो रुपमा स्थापित हुने उहाँको भनाइ थियो । नेपालको संबिधान र व्यवस्था विश्वकै उत्कृष्ट भएर पनि त्यो पढेर मात्र उत्कृष्ट नहुने भएकोले यसको उचित कार्यान्वयन महत्वपूर्ण पक्ष भएको भट्टराईले बताउनुभयो । उहाँले स्थानीय सरकारलाइ संघीयता कार्यान्वयको महत्वपूर्ण र जनताको सबैभन्दा नजिकको सरकारको रुपमा ब्याख्या गर्नुभयो । ताप्लेजुङका केहि स्थानीय तहले बेरुजु फस्र्यौटमा उल्लेख्य प्रगति हासिल गरेकोतर्फ संकेत गर्दै उहाँले भन्नुभयो‘बेरुजु फस्र्यौट र आर्थिक अनुशासनमा नेपालकै अब्बल स्थानीय तहको रुपमा ताप्लेजुङको नाम आउँदा हामी सबैको छाति गर्वले फुल्छ’ । अरु स्थानीय तहबाट आगामी दिनमा यस्ता नतिजा ल्याउने कार्यमा ताप्लेजुङको नाम दर्च हुने बिश्वास समेत उहाँले लिनुभयो । बेरुजु फस्र्यौटमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका देशकै दोस्रो(०.०६५प्रतिशत),पाथीभरा याङ्वरक गाउँपालिका देशकै तेस्रो(०.०६६ प्रतिशत) र फुङ्लिङ नगरपालिका देशकै ११ औं(०.२६ प्रतिशत) बेरुजु कम रहेको स्थानीय तह भएका छन् । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले तीन तहका सरकारले मिलेर देशलाइ समृद्धिको अभियानतर्फ लैजानु पर्ने बताउनुभयो । यसका लागि तीनै तहका सरकार जवाफदेहि हुनुपर्ने सांसद हाङ्गामको भनाइ थियो । समिक्षा कार्यक्रममा प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,प्रदेशसभा सदस्य होमकुमारी साँवा सहितको उपस्थिति रहेका थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts