सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु
ताप्लेजुङ,भदौ १७ । ताप्लेजुङमा अवस्थित सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बु सिम्लेका ४४ वर्षीय खगप्रसाद तामाङ रहनुभएको छ । आयोजनाको कार्यस्थल फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन पुछारमा बिहीबार दिउसो करिव २ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठुलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाश अधिकारीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदैं गरेको प्रहरीले जनाएको छ । मृतक सोही हाईड्रोपावरमानै खाना पकाउने जिम्मेवारीमा रहनु भएको थियो ।