|

कोरोना बिरुद्धको भारतीय खोप कोभिडशिल्डको पहिलो मात्रा लगाएकालाइ ताप्लेजुङमा भदौ १६ बाट दोस्रो मात्रा दिइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । गत माघ दोस्रो साता कोरोना बिरुद्धको भारतीय खोप(कोभिडशिल्ड)को पहिलो मात्रा लगाएका ताप्लेजुङका बासिन्दालाइ भदौ १६ गते देखि २० सम्ममा दोस्रो मात्रा लगाइने भएको छ । जिल्ला खोप अनुगमन तथा समन्वय समितिको आइतवारको बैठकले कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेका १२ हजार ३२ जनालाइ दोस्रो मात्रा लगाउने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष उमेश पाण्डेका अनुसार कोभिडशिल्डको पहिलो मात्रा लगाएकालाइ भुटान र जापान सरकारको कोभ्याक्स सुबिधामार्फत अनुदानमा प्राप्त एक्सट्राजेनेकाको खोप लगाइने छ । फुङ्लिङ नगरपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत भदौ १६,१७ र १८ गते यसअघि कोभिडशिल्डको पहिलो मात्रा लगाएकाहरुलाइ एक्सट्राजेनेकाको खोप दिइने छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका,सिरिजंगा गाउँपालिका,मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा भदौ १८,१९ र २० गते एक्सट्राजेनेकाको खोप दिइने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो । यस्तै गत साउनको दोस्रो साता भेरोसिल बिरुद्धको पहिलो खोप लगाएकाहरुलाइ भदौ १९ देखि २२ गते भित्रमा दोस्रो मात्रा उपलब्ध गराइने भएको छ । यस अन्र्तगत भदौ १९ र २० गते फुङ्लिङ नगरपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत भेरोसिल खोपको दोस्रो मात्रा दिइने छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका,सिरिजंगा गाउँपालिका,मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा भदौ २१ र २२ गते भेरोसिल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो । तत्कालका लागि भेरोसिल बिरुद्धको पहिलो मात्रा भने कसैलाइ नदिइने निर्णय भएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै ताप्लेजुङमा प्राप्त भएको एक्सट्राजेनेकाको खोप कोभिडशिल्ड बिरुद्धको पहिलो खोप लगाइ दोस्रो खोप लगाउन बाँकी रहेकालाइ समेत लगाइ बचत भएको खोप भने खोपको दोस्रो मात्रा समेत सुनिश्चित गरी मापदण्डमा तोकिएका वर्ग र प्रवेशपत्रका आधारमा परीक्षा लेख्ने बिद्यार्थीलाइ उपलब्ध गराउने समेत निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts