|

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

अरुलाई पनि शेयर गरौ !

बुटवल, भदौ ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । ८० सदस्य रहेको लुम्विनी प्रदेश सभामा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत परेको छ । सोमबार भएको प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको हो ।
बैठकमा ४३ जना सांसद उपस्थित थिए । एक मत भने तटस्थ रहेको छ । नेकपा एमालेका सांसदले भने मुख्यमन्त्री केसीले विश्वासको मत लिने भएपछि बैठक नै बहिष्कार गरेका थिए । त्यसअघि सोमबार दिउँसो विपक्षी एमालेले दुई पटक प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री केसीले मुख्यमन्त्री पदमा निर्वाचित भएको ११ दिनपछि विश्वासको मत लिनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts