सक्रिय संक्रमितको संख्या २ सयमा झरे निशेधाज्ञा हटाउने ताप्लेजुङ प्रशासनको तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । सक्रिय कोरोना संक्रमितको संख्या २ सयमा झरेमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निशेधाज्ञा हटाउने भएको छ । संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको भन्दै प्रशासन कार्यालयले सक्रिय संक्रमितको संख्या २ सय वा सो भन्दा कममा झरेमा निशेधाज्ञा हटाउने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सक्रिय संक्रमितको संख्या २ सय भन्दा कममा झरेमा निशेधाज्ञा हटाउने योजना रहेको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार दोस्रो भेरिएन्ट सुरु भएयता यहाँ २ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टी भएको छ । सो मध्ये २ हजार २३ जना संक्रमणमुक्त भइ ३ सय २३ जना अहिले पनि सक्रिय कोरोना संक्रमित रहेका छन् । प्रशासन कार्यालयको तथ्याङ्कमा भने यो संख्या ३ सय १९ मात्र देखिएको छ । यो हिसाबले संक्रमणमुक्त हुनेको दर करिव ८७ प्रतिशत देखिएको छ । प्रशासन कार्यालयले निरन्तर संक्रमणमुक्त हुनेको संख्यामा बृद्धि हुने अनुमान पनि गरेको छ ।‘आम ताप्लेजुङबासीले स्वास्थ्य र सावधानीका उपाय मात्र ख्याल गर्ने हो भने पनि अब संक्रमणमुक्त हुनेको दरमा बृद्धि र संक्रमणदरमा साविक भन्दा कमी हुने अवस्था छ’प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो‘तर हेलचेक्र्याँइ गर्ने प्रवृतिले भने अवस्था फेरी भयाभह नै हुन्छ’ । पाण्डेले संक्रमण मिल्दोजुल्दो लक्षण भएकाहरुलाइ परीक्षण गर्न,कम्तिमा १४ दिन सुरक्षित हिसावले आइसोलेसनमा रहन र श्वासप्रश्वास सहितका समस्या देखिएमा तत्काल चिकित्सकीय परार्मश र निगारानीमा रहन सुझाउनु भएको छ ।