तपाँइको परिवारका कोहि सदस्य अफगानिस्तानमा हुनुहुन्छ ? भए पालिका वा प्रशासनलाइ जानकारी दिइ हाल्नुहोस्

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३ । तपाँइको परिवारका कोहि सदस्य अफगानिस्तानमा हुनुहुन्छ ? यदि यसो हो भने तपाँइले आफ्नो पालिकामार्फत जानकारी गराउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार यहाँका ९ वटै स्थानीय तहलाइ पत्र लेख्दै आफ्ना कोहि सदस्य अफगानिस्तानमा भएको भए सर्वसाधरणले वडापालिकालाइ जानकारी दिनपर्ने र वडापालिकाले त्यसको बिबरण स्थानीय तहमार्फत जिल्ला प्रशासन कार्यालयलाइ उपलब्ध गराइदिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफ्नो परिवारका कोहि सदस्य अफगानिस्तानमा भएको भए टेलिफोनमार्फत पनि जानकारी उपलब्ध गराउन सकिने बताउनुभयो । अफगानिस्तानमा अहिले पनि तालिवान र अफगानी सरकारबीच सशस्त्र द्धन्द चलिरहेको छ । शसस्त्र द्धन्दको मारमा नपरुन् र प्रभावमा परेकाहरुलाइ उद्धार गरी सकुशल स्वदेश फर्काउन सकियोस् भन्ने हिसावले गृह मन्त्रालयबाट अफगानिस्तानमा रहेका नागरिकको बिबरण माग भइ आएको भन्दै प्रशासन कार्यालयले पालिकामार्फत र कोहि प्रभावित अवस्थामा रहेको भए आफन्तमार्फत पनि जानकारी लिन सकिने बताएको छ । प्रशासन कार्यालयमा जानकारी दिनका लागि कार्यालय समयभित्र ०२४–४६०१३३ र ०२४–४६०२७० तथा अन्य बेला प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर ९८५२६३७७७७ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५२६६०२७० मा सम्पर्क गर्न सकिने प्रशासन कार्यालयले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts