| |

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोना बिरुद्धको पूर्ण खोप

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १ । ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । २१ हजार बढी भने कोरोना बिरुद्धको दोस्रो खोपको पर्खाइमा छन् । जिल्ला प्रशासन कार्यालयले मंगलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ हजार ७ सय ७९ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना बिरुद्धको पूर्ण खोप भन्नाले दुई मात्रा(डोज) लगाउनुपर्ने भेरोसिल र कोभिडशिल्ड तथा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएकाहरुको संख्यालाइ जनाउँछ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार ताप्लेजुङमा अहिले सम्म ३५ हजार १ सय ३८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । यो मध्ये कोरोना बिरुद्धको खोपको पहिलो मात्रा(डोज)मात्र लगाउनेको संख्या २१ हजार ३ सय ५९ रहेको छ । प्रशासन कार्यालयका अनुसार यहाँ अहिले सम्म ५ हजार ८ सय ७० जनाले भेरोसिल बिरुद्धको खोपको दुबै डोज लगाएका छन् । १५ हजार १ सय ९७ जनाले भेरोसिल खोप लगाएकोमा ९ हजार ३ सय २७ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ । यस्तै १४ हजार १ सय ९१ जनाले कोभिडशिल्ड खोप लगाएकोमा १२ हजार ३२ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप भने ५ हजार ७ सय ५० जनाले लगाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts