| |

प्रदेश २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौं भदौ १ । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुखमा नियुक्त मिश्र महोत्तरीका नेपाली कांग्रेसका पुराना नेता हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हालका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts