|

ताप्लेजुङमा आगलागीका घटना डरलाग्दो ः पछिल्ला तीन बर्षमा बिपद्बाट भएको क्षतिको ठूलो हिस्सा आगलागीबाट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङमा पछिल्ला ३ बर्षमा भएका बिपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पछिल्ला तीन आर्थिक बर्ष २०७५।७६,२०७६।०७७ र २०७७।०७८ मा भएका बिपद्का घटना मध्ये सबैभन्दा बढी क्षति आगलागीबाट भएको हो । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आव २०७५।७६ मा ताप्लेजुङमा भएका बिपद्का घटनाबाट ७ करोड १३ लाख ७७ हजार ७ सय ५० रुपैंयाको क्षति भयो । सो बराबरको क्षति मध्ये ठुलो हिस्सा अर्थात् ३ करोड ७० लाख ४७ हजार २ सय ५० रुपैंयाको क्षति भने आगलागीबाट मात्र भएको छ । बाढी÷पहिरोबाट ३ करोड ३१ लाख ९० हजार ५ सय र हावाहुरीबाट ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ । यो बर्ष हावाहुरीले मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको बिद्यालयमा समेत क्षति गरेको थियो । बिपद्का कारण सो आवमा १ जना मानिसको मृत्यु संगै ६ जना घाइते भएका थिए । ८७ वटा घरमा क्षति पुगेको थियो । यस्तै आव २०७६।०७७ मा १५ करोड १५ लाख ७५ हजार ३ सय ५० रुपैंयाको क्षति भएकोमा आगलागीबाट मात्रै १० करोड ५३ लाख २० हजार ३ सय ५० रुपैंयाको क्षति भएको बिबरण जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको छ । सो आवमा बाढी र पहिरोबाट ४ करोड ६१ लाख ४ हजार र चट्याङबाट १ लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो । बिपद्का सो बेलाको घटनाबाट १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । ७ पशु चौपाया पनि मरेका थिए भने १ वटा घाइते भएका थिए । एक पक्की सहित ३२ घरमा क्षति पुगेको थियो । बिपद्का हिसावले आव २०७७।०७८ ताप्लेजुङका लागि निकै क्षतियुक्त बर्ष सावित भएको छ । यो आवमा ४ अर्ब ५ करोड ६२ लाख ५ हजार ३ सय ७९ रुपैंया बराबरको क्षति भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । आगलागीमा मात्रै ४ अर्ब ३ करोड ७५ लाख २१ हजार ३ सय ७९ रुपैंयाको क्षति भएको बिबरण जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको छ । बाढी÷पहिरोबाट १ करोेड ६७ लाख ६८ हजार,चट्याङबाट १३ लाख १६ हजार र भूकम्पबाट ६ लाख रुपैंयाको क्षति भएको छ । सो आवमा आगलागी र चट्याङबाट १–१ तथा बाढी÷पहिरोबाट ५ गरी ७ जनाको मृत्यु भएको छ । २९ वटा पशुचौपायाको मृत्यु हुँदा ७ वटा घाइते भए । १ सय २ वटा कच्ची र ६ वटा पक्की सहित १ सय ८ घरमा क्षति पुगेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts