ताप्लेजुङ उद्योग बाणिज्य संघलाइ जिल्ला रेडक्रस सोसाइटीले दियो स्वास्थ्य सामग्री

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३१ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले ताप्लेजुङ उद्योग बाणिज्य संघलाइ मास्क र स्यानीटाइजर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । बाणिज्य संघको नविकरणको बेला समेत भएको र व्यपार व्यवसाय सञ्चालनको प्रकृया समेत क्रमशःखुकुलो भएको अवस्थामा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रभावकारिता उपयोगितामार्फत जोखिम कम गराउन बाणिज्य संघलाइ स्वास्थ्य सामग्री दिइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो । मास्क,स्यानीटाइजर र शरिरको तापक्रम मापनका क्रममा प्रयोग हुने थर्मलगन प्रदान गरिएको रेडक्रसले जनाएको छ । बिभिन्न दातामार्फत आफुहरुलाइ प्राप्त सामग्री समुदायमा बढी घुलमिल हुने निकाय र क्षेत्रलाइ प्रदान गर्ने क्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघलाइ दिइएको समेत गुरुङले बताउनुभयो । स्वास्थ्य सामग्री प्रदान गर्ने निकाय रेडक्रसप्रति आभार व्यक्त गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले स्वास्थ्य सुरक्षाका सामग्रीको महत्वका बारेमा चेत नआए जतिबेलै उत्तिकै जोखिमपूर्ण स्थितिमा रहने बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका सावधानीको प्रभावकारी उपयोग र सावधानीले मात्रै कोरोना संक्रमित हुनबाट जोगिने बताउनुभयो । कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी,प्रथम उपाध्यक्ष नारायण थापा,द्धितिय उपाध्यक्ष दावा शेर्पा,तृतिय उपाध्यक्ष सोजित श्रेष्ठ सहित उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु,फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा,ताप्लेजुङ रेडक्रस सोसाइटीका मन्त्री विकास गौतम,कोषाध्यक्ष तथा फुङ्लिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts