|

प्राविधिक ग्रेडका लागि निबेदन पेश गर्न आठराइ त्रिबेणीले दियो साउन १५ सम्मको म्याद

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३० । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले प्राविधिक ग्रेडका लागि निबेदन पेश गर्न सेवा निवृत्त शिक्षकहरुलाइ साउन १५ भित्रको समयसीमा दिएको छ । गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले प्राविधिक ग्रेड प्राप्तिका लागि आवश्यक कागजात सहित साउन १५ भित्रमा पालिकाको शिक्षा शाखामा निबेदन पेश गर्न सेवा निवृत्त शिक्षकहरुलाइ आग्रह गरेको हो ।

शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार निबेदन दिनेहरुले हाल अवकास भएको तहमा २०५७ साल साउन १ गते भन्दा अघि स्थायी नियुक्ति भएको पत्रको प्रतिलिपि,सो भन्दा अघिको मितिमा तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि,२०७३ साउन १ वा सो पश्चात अवकास भएको अवकासपत्रको प्रतिलिपि र निवृतिभरण अधिकारको प्रतिलिपि सहित आबेदन दिनुपर्ने छ । निवृत्तिभरण सुबिधा निर्धारण गर्न सेवा निवृत्त शिक्षकहरु(किताब खानामा फायल पेश गर्ने चरणमा रहेकाहरु)ले सेवा निवृत्त हुने दिन अघि सम्म प्राविधिक ग्रेड लिएको प्रमाणहरु(माग फारम र तलवी भरपाइ)समेत पेश गर्नुपर्ने गाउँपालिकाले भनेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts