| |

इप्पानले ताप्लेजुङलाइ दियो बिभिन्न स्वास्थ्य सामग्री

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३० । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ताप्लेजुङलाइ एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । ठूलो १० र सानो २ गरी १२ थान अक्सिजन सिलिण्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर ५ थान अक्सिमिटर र ५ सेट पीपीइ सहितका स्वास्थ्य सामग्री प्रदान गरिएको सानिमा मध्य तमोर हाईड्रोपावर कम्पनीका सह प्रवन्धक अरबीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यि सामग्री कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रह अनुसार ताप्लेजुङ जिल्ला अस्पताललाइ हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार स्वास्थ्य सामग्री ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाइ हस्तान्तरण गरिएको छ । नेपाल मेडिकल संघको समन्वयमा धेरै उर्जा आयोजना सञ्चालनमा रहेका जिल्लामा सहयोग गर्ने योजना अनुसार यसरी सहयोग गरिएको समेत आचार्यले बताउनुभयो । फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई सानिमा हाईड्रोपावर कम्पनीले कोभिडका बिरामीले प्रयोग गर्ने औषधि समेत सहयोग गरेको समेत आचार्यले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts