|

दोभान बजारका अग्नि पीडितलाइ जिटिएले दियो १० लाख बढीको राहत सामग्री

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित दोभान बजारका अग्नि पीडितलाइ ग्रुप फर टेक्निकल असिष्टेन्ट(जिटिए) संस्थाले १० लाख रुपैंया बढी मूल्यको राहत सामग्री बितरण गरेको छ । गाउँपालिकाको समन्वयमामार्फत यि सामाग्री बितरण गरिएको संस्थाका व्यवस्थापन समिति सदस्य सुर्दशन दाहालले जानकारी दिनुभयो । पीडित ६६ परिवारका सदस्यलाइ प्रति परिवार ३–३ थानका दरले झुल,१–१ थान बाल्टी,३–३ थान स्यानीटरी प्याड,४–४ थान सर्बोत्तम लिटोको प्याकेट,१–१ थान साबुन राख्ने भाँडा,३–३ थान साबुन,२–२ थान ओड्ने ब्लाङकेट,४–४ थान भेष्ट र १–१ प्याकेट मास्क बितरण गरिएको छ । यस्तै पीडित परिवारका प्रत्येक बिद्यार्थी सदस्यलाइ बिद्यालय पोशाक सहित शैक्षिक सामाग्री पनि समेत बितरण गरिएको दाहालले बताउनुभयो ।

बिद्यार्थीलाइ जुत्ता,झोला,जमेट्री बक्स,डटपेन,पेनसिल र एबीसी पोष्टर सहितका शैक्षिक सामग्री समेत बितरण गरिएको संस्थाले जनाएको छ । यस्तै पीडित प्रत्येक परिवारलाइ ३ हजार ६ सय ६६ रुपैंयाका दरले नगद रकम समेत बितरण गरिएको संस्थाले जानकारी दिएको छ । सामुहिक रुपमा प्रयोग गर्न मिल्ने गरी १ हजार लिटर क्षमताका स्टेन सहितको ५ थान पानी खाने ड्रममार्फत सामुहिक हात धुने केन्द्र समेत स्थापनाका लागि सामग्री बितरण गरिएको दाहालले जानकारी दिनुभयो । गिभ टु एशियाको सहयोगमा यो राहत सामग्री बितरण गरिएको समेत जिटिएका व्यवस्थापन समिति सदस्य दाहालले बताउनुभयो । मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूको उपस्थितिमा उहाँमार्फत नै राहत सामग्री बितरण गरिएको जिटिएले जानकारी दिएको छ ।

जिटिएले सामुहिक हात धुने केन्द्र समेत स्थापनाको सम्झौता कागज समेत मेरिङ्देन गाउँपालिका अध्यक्ष लिम्बूलाइ हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

Similar Posts