|

देशभर ६२ हजार बढी नयाँ उद्यमी सृजना गर्ने सरकारको लक्ष्य,ताप्लेजुङमा कति ?

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २४ । सरकारले देशभरका स्थानीय तहमार्फत आगामी आर्थिक बर्ष २०७८।०७९ मा ६२ हजार बढी नयाँ उद्यमी सृजना गर्ने लक्ष्य निर्धारण गरेको छ । आउँदो साउन १ बाटै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) सुरु गर्न देशभरका सबै स्थानीय तहलाइ पत्र पठाउँदै सरकारले यस्तो लक्ष्य निर्धारण गरेको हो । देशभरका सबै स्थानीय तहबाट सञ्चालन हुने मेडपा कार्यक्रममार्फत उसले ६२ हजार ३ सय २५ जना नयाँ उद्यमी सृजना गर्ने लक्ष्य राखेको छ । कार्यक्रम सञ्चालन भएका सबै स्थानीय तहका लागि लक्ष्य निर्धारण गरेको सरकारले मेड्पा कार्यक्रमको मेड–मोडल सञ्चालनका लागि उद्यम विकास सहजकर्तालाइ सेवा करारमा लिएर कार्य सञ्चालन अघि बढाउन समेत भनेको छ । । लघु उद्यमी सृजना,उद्यमीको स्तरोन्नती,गरिव परिवारका लागि साझा सुबिधा केन्द्रको स्थापना र कम्तिमा ५ जनाको समूहमा प्रविधि हस्तान्तरण गर्ने लक्ष्य सहितको कार्यक्रम मेडपा अन्र्तगत समेटिएका छन् । ३४ हजार ४५ जना उद्यमीको क्षमता विकास अर्थात् क्षमता स्तरोन्नती गर्ने,१ सय ५० वटा साझा सुबिधा केन्द्र स्थापना गरिने र कम्तिमा ५ जनाको समूहमा १ हजार ५ सय ६ वटा प्रविधि हस्तान्तरण गर्ने मेडपा कार्यक्रमको लक्ष्य रहेको छ । एउटा व्यक्तिलाइ उद्यमी बनाउन ८ देखि १० महिना सम्म लाग्ने भन्दै सरकारले उद्यम विकास सहजकर्ता(ई.डी.एफ)संग सेवा करार गरी कार्यक्रमको सफल कार्यान्वयन र सो को दिगोपनाका लागि उपलब्ध भएसम्म उद्यम विकासमा स्नातक गरेका वा सीप परीक्षणमा ३ तह उत्र्तीण गरेका उद्यम विकास सहजकर्तालाइ प्राथमिकता दिन समेत स्थानीय तहलाइ परिपत्र गरेको छ । कार्यक्रमका सम्वन्धमा कुनै द्धिविधा भए प्रदेशका रहेका मेडपा टि.ए.को सहयोग लिन समेत स्थानीय तहलाइ अवगत गराएको छ । सरकारले चालू आर्थिक बर्षको मेडपा कार्यक्रमको अन्तिम प्रतिबेदन बिद्युतीय प्रणालीमा प्रबिष्टी गर्न समेत स्थानीय तहलाइ भनेको छ । परिपत्र अनुसार ताप्लेजुङका ९ स्थानीय तह प्रत्येकमा ७५ जनाको दरले ६ सय ७५ जना नयाँ उद्यमी सृजना गर्ने लक्ष्य सरकारले निर्धारण गरेको छ । यस्तै प्रत्येकमा ४० जनाका दरले ३ सय ६० जना उद्यमीको स्तरोन्नती गर्ने,आठराइ त्रिबेणी र मेरिङ्देन गाउँपालिकामा १–१ वटा गरी २ वटा साझा सुबिधा केन्द्र स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा २–२ वटाका दरले १८ जना प्रविधि हस्तान्तरण गर्ने लक्ष्य रहेको छ । पाँचथरका ८ स्थानीय तहमा प्रत्येकमा ८० जनाका दरले जम्मा ६ सय ४० जना नयाँ उद्यमी सृजना तथा फिदिम नगरपालिका र याङ्वरक गाउँपालिकामा ७०–७० र बाँकी सबै गाउँपालिकामा ५०–५० जनाले दरले ४ सय ४० जना उद्यमीको क्षमता विकास गर्ने सरकारको लक्ष्य रहेको छ । यस्तै फालेलुङ र मिक्लाजुङ गाउँपालिकामा १–१ वटा गरी २ वटा सुबिधा केन्द्र स्थापना र प्रत्येक स्थानीय तहमा २ वटाका दरले १६ वटा सीप हस्तान्तरण गर्ने सरकारी लक्ष्य छ । इलामका १० स्थानीय तहमा प्रत्येकमा ८० जनाका दरले ८ सय जना उद्यमी सृजना,इलाम,देउमाइ र सूर्योदय नगरपालिकामा ७०–७० तथा बाँकी ७ स्थानीय तहमा प्रत्येकमा ५०–५० जनाको दरले गरी कूल ५ सय ६० जना उद्यमीको स्तरोन्नती गर्ने सरकारले लक्ष्य निर्धारण गरेको छ । इलाम नगरपालिकामा तथा चुलाचुली गाउँपालिकामा १–१ गरी २ वटा सुबिधा केन्द्र स्थापना र प्रत्येक स्थानीय तहमा २–२ वटाको दरले २० वटा प्रविधि हस्तान्तरण गरिने समेत सरकारले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts