|

१५ बुदें नीति पारित गर्दै ताप्लेजुङ जिससको ५ औं जिल्ला सभा सकियो,ताप्लेजुङलाइ आगामी आवमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ताप्लेजुङलाइ आर्थिक बर्ष २०७८।०७९ मा पूर्ण साक्षर जिल्ला घोषणाका लागि पहल गर्ने सहितका १५ बुदें नीतिहरु पारित गर्दै जिल्ला समन्वय समिति ताप्लेजुङको ५ औं जिल्ला सभा आइतबार सम्पन्न भएको छ । सभाले बिपद् व्यवस्थापनका लागि पर्याप्त रकम बिनियोजन गर्न स्थानीय तहहरुको ध्यानाकर्षण गरेको छ । स्थानीय तहहरुलाइ एलआइएसए,अख्तियार दुुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिबेदन तथा सुझावलाइ ध्यानमा राखी कार्य सम्पादन गर्न समेत सभाले आग्रह गरेको छ । यस्तै आवधिक योजनाको निर्माण एवम् सन्तुलित विकासमा ध्यान दिन समेत स्थानीय तहहरुलाइ जिल्ला सभामार्फत अनुरोध भएको छ ।

जिल्ला सभाले स्थानीय तहहरुको क्षमता विकासका लागि सहजीकरण गर्ने घोषणा गरेको छ भने तीनवटै तहका सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुद्धारा सञ्चालित कार्यक्रमहरुको नियमित अनुगमन र पृष्ठपोषण लिने नीति पनि जिल्ला सभाले पारित गरेको छ । सभाले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि पहल लिने,स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा सहयो गर्ने,अन्तर स्थानीय तह तथा संघ,प्रदेश र स्थानीय तह बीच समन्वयलाइ प्रभावकारी बनाउने,बेरुजु फस्र्यौट एवम् बेरुजु लगतलाइ अद्यावधिक गर्ने लगायतका नीति पारित भएको हो । जिल्लाको जलबिद्युत,पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि सहजीकरण र समन्वय गर्ने,जिल्ला समन्वय समितिका स्थायी सम्पतिको संरक्षण र संवद्र्धन गर्ने,जिल्ला भित्र क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थालाइ जिल्लाका जनताको माग,आवश्ययता र चासोलाइ सम्बोधन हुने गरीका कार्यक्रम तय गर्न परार्मश एवम् सल्लाह दिने नीति समेत पारित भएको छ । जिल्ला समन्वय समितिको कार्यालयलाइ शुसासन मैत्री बनाउने प्रण पनि जिल्ला सभाले गरेको छ । जिल्ला सभाले साविक जिल्ला विकास समितिबाट बिभिन्न संस्था तथा व्यक्तिहरुलाइ बिभिन्न समयमा दिएको रकमको अद्यावधिक बिबरण तयार गर्ने कार्यलाइ तीव्रता दिने समेत निर्णय लिएको छ । साविक जिल्ला विकास समिति हुँदा भएका कोषहरुलाइ सञ्चालन,व्यवस्थापन एवम् हस्तान्तरण गर्न पहल लिने तथा कोष बृद्धिका लागि सम्वन्धित पालिका जिल्ला प्रशासन कार्यालय,बैंक तथा बित्तीय संस्था एवम् अन्य निकायहरुसंगको सहयोग लिइ स्थानीय विकास कोषलाइ सुद्रिढ तथा गतिशिल बनाउने नीति समेत जिल्ला समन्व्य समितिले अंगिकार गरेको जनाएको छ । जिल्ला सभाको सञ्चालनका लागि व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा १२ बमोजिम जिल्ला समन्वय समितिका सदस्य रामकुमारी लिम्बूले प्रतिबेदन प्रस्तुत गर्नु भएको हो ।
जिससको आगामी आवको कोष मौज्दात करिव २ करोडको
ताप्लेजुङ जिल्ला समन्वय समितिको आगामी आर्थिक बर्षको कोषको मौज्दात करिव २ करोडको हुने भएको छ । आगामी आवमा जिससको कोष मौज्दात कूल १ करोड ९९ लाख ५४ हजार २ सय ५२ रुपैंया बराबरको हुने जिल्ला सभाका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङका ९ वटै पालिकालाइ आन्तरिक कोषको भुक्तानी हुने कूल रकम १ करोड ७९ लाख ८४ हजार ४ सय ५० रुपैंया,जिससको आन्तरिक आम्दानी(स्थानीय विकास कोषको व्याज र राजश्व बाँडफाँड बापत मालपोत कार्यालयबाट प्राप्त रकम समेत ५ लाख ५९ हजार ६ सय २५ रुपैंया,जिसस आन्तरिक योजना,राजश्व बाँडफाँड खातामा दाखिला रकम,स्थानीय विकास कोष र साँवा र ब्याज रकम सहितबाट मौज्दात अनुमानित बिबरण तयार पारिएको हो ।
पदाधिकारी,कर्मचारी र अनिवार्य दायित्वमा १ करोड ४० लाख बढी
यस्तै कर्मचारी र पदाधिकारीको पारिश्रमिक तथा बिभिन्न भत्तामा ९७ लाख,करार सेवा निजी सचिवालयमा ४ लाख २६ हजार,अनुगमन तथा भ्रमण खर्चमा ९ लाख ७५ हजार,समिक्षा बैठक सहितका कार्यक्रम खर्चमा ४ लाख ५० हजार र अनिवार्य दायित्व सहितका कार्यक्रम सञ्चालन खर्च(पानी,बिजुली,सञ्चार,मर्मत,नविकरण,मसलन्द र घरभाडा समेत)मा २४ लाख ७८ हजार गरी कूल १ करोड ४० लाख २९ हजार बराबरको खर्च प्रस्ताव गरिएको छ ।
संसद पुर्नस्थापना हुने योगेशको बिश्वास
जिल्ला सभाको प्रमुख अथितिको रुपमा गृह जिल्ला ताप्लेजुङ आइ पुग्नु भएका पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बिगठित संसद पुर्नस्थापना हुने बिश्वास लिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नजिकिनु भएका भनेर आङ्कलन भइरहेका भट्टराईले संसद पुर्नस्थापना हुने बिश्वास राख्दै यो आदेश संगै मुलुकमा अब कहिल्यै कुनै पनि प्रधानमन्त्रीले बिधि र प्रकृया बिपरित संसद बिगठन गर्ने सार्मथ्य नराख्ने बताउनुभयो । ओलीप्रति नरम नदेखिनु भएका उहाँले ओलीले नेकपा एमालेका बिषयमा गत शनिवार गरेको निर्णयलाइ एकलौटी भन्दै त्यो तुरुन्त खारेज हुनुपर्ने माग पनि गर्नु भएको छ । जिल्ला सभामा प्रदेश सांसदद्धय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवाको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीले कार्यक्रमका प्रमुख अथिति,अथिति र सभाका सदस्यहरुलाइ जिससकोतर्फबाट स्वागत गर्नु भएको थियो ।
भट्टराइको समन्वयमा करिव ५० लाखको स्वास्थ्य सामग्री बितरण
भट्टराईले बिभिन्न पालिकाहरुलाइ कोरोना बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नु भएको छ ।

प्रत्येक पालिकालाई १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर २–२ थान,चश्मा १४–१४ थान,टाईजर ठूलो १–१ ग्यालेन र सानो ५–५पिस,फेस मास्क ४–४ब्याग,अक्सिमिटर १–१ थान,१०–१० सेट पीपीइ सेट पिस,मास्क २७–२७ प्याकेट,पुनःप्रयोग गर्न नमिल्ने प्रकृकिका पीपीइ ५–५ पिस र फेसशिल्ड २०–२० पिसका दरले बितरण गरिएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाँइले जानकारी दिनुभयो ।

यस्तै ताप्लेजुङ जिल्ला अस्पताललाई १५३ सेट साधारण र ३३ सेट गुणस्तरीय तथा पीपीइ सुज करिव ३ सय थान गरी करिब ५० लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरिएको भट्टराईको सचिवालयले जनाएको छ ।
पूर्व घोषित रकम हस्तान्तरण
पूर्व मन्त्री भट्टराईले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखालाइ १ लाख रुपंैंया प्रदान गर्नु भएको छ । तत्कालिन प्रेश संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाइ यो रकम दिने घोषणा गर्नु भएको थियो । पत्रकार महासंघको आन्तरिक व्यवस्थापनमा यो रकम खर्च गर्न सकिने गरी भट्टराईले रकम दिने गरी यसअघि गरेको घोषणा अनुसार आइतवार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतमलाइ रकम हस्तान्तरण गर्नु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts