ताप्लेजुङको सिदिङ्वा फेला प¥यो मानव कंकाल,सनाखत हुन बाँकी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १४ । प्रहरीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखु मिश्रटारस्थित देवीप्रसाद मिश्रको खेतमा एक सडेगलेको मानव कंकाल फेला पारेको छ । सडी गली मकिएको अवस्थामा मानव कंकाल हड्डीहरु यततत्र छरिएर दुर्गन्धित फैलिइ रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले मानव कंकाल र आसपासमा फेला परेका सामग्री संकलन गरी ल्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता÷सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सो मानव कंकालको कसको भनेर खुलेको छैन । प्रहरीले उक्त स्थानबाट निलो स्वीटर,महिलाले लगाउने सुरुवाल,रातो सेतो चेक भएको सर्ट,सेतो भेष्ट,खैरो निलो धर्को भएको टाउजर र महिलाले लगाउने निलो रंगको भिस्त्री वस्त्र समेत फेला पारेको समेत अधिकारीले जानकारी दिनुभयो । उक्त कंकालको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गर्दा कंकाल सनखत गर्ने मानिस फेला नपरेको हुँदा उक्त कंकाललाइ खनाखत पोष्टमार्टका लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा ल्याइ राखिएको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts