फुङलिङमा ७ दिने उद्घोषण सम्वन्धी तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १३ फुङलिङ नगरपालिका वडा नं ५ को आयोजनामा आइतवारबाट ७ दिने उद्घोषण सम्वन्धी तालिम सुरु भएको छ । जनजाति अन्र्तगतको शीर्षकबाट सुरु भएको तालिममा बिभिन्न जातीय संस्थाका प्रतिनिधि सहभागी हुनु भएको छ । तालिममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी र रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङले सहजीकरण गरिरहनु भएको छ । तालिमको उद्घाटन सत्रमा बोल्दै फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझाले तालिम सम्पन्न भएपछि वडाभरीका कार्यक्रम सञ्चालन गर्न बाहिरबाट जनशक्ति मगाउनुपर्ने बाध्यता हटाउने गरी सीप लिन सहभागीलाइ आग्रह गर्नुभयो । उहाँले उद्घोषण तालिमले बाचनकलासंगै द्रिढतापूर्वक आफ्ना कुरा राख्न मनको डर प्रेरित गर्ने भएकोले सीप हासिलका क्रममा ध्यान दिन उहाँले सहभागीलाइ आग्रह गर्नुभयो । कार्यक्रममा फुनपा वडा नं ५ का वडासदस्य सुरेश सिंघक,प्रेम बिक,दिलु श्रेष्ठ र मनकुमारी नेपाली सहितको उपस्थिति रहेको थियो । तालिम १९ गते सकिने फुनपा ५ का वडा सचिव लोकेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts