| |

असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपीडी सहितका सबै सेवा सुरु गर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार ११ । कोरोना संक्रमणको दर केहि मथ्थर हुन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालले आउँदो आइतवारबाट ओपीडी सहितका सबै सेवा सुचारु गर्ने भएको छ । जिल्ला अस्पतालले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै असार १३ गते आइतवारबाट अस्पताल पूर्ण रुपमा खुल्ला गरिने जानकारी गराएको हो ।

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले ताप्लेजुङमा कोभिड–१९ को संक्रमण दर घट्दै गएको र बन्दाबन्दी समेतमा क्रमशःखुकुलोपन आउन थालेकोले अस्पतालले समेत ओपीडी सहितका सेवा सुरु गर्ने जानकारी दिनुभयो । ताप्लेजुङमा गत बैशाख २० गतेबाट बन्दाबन्दी कायम भएपनि बन्दाबन्दीका सर्तहरु क्रमशःखुकुलो बनाउँदै लगिएको छ । बन्दाबन्दी सुरु भएको केहिदिन पछि देखि ताप्लेजुङ अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts