|

आठराइ त्रिबेणीको बजेट ४४ करोड बढीको,कक्षा १२ सम्म निःशुल्क,डाक्टर पढ्न ५० प्रतिशत अनुदान दिइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, असार ११ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैंयाको बजेट ल्याएको छ । उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बित्तीय समानीकरण,सर्सत,समपुरक र राजश्व बाँडफाँड तथा आन्तरिक स्रोत र आन्तरिक स्रोत अन्र्तगत नगद मौज्दात (अल्या)लाइ आधार मानेर बजेट तयार गरेको जानकारी दिनुभयो ।

पालिकालाइ संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि बित्तीय समानीकरण अनुदान बापत प्राप्त ११ करोड ५० लाख,ससर्त अनुदान बापत प्राप्त १७ करोड ६३ लाख,समपुरक अनुदान बापत प्राप्त ४ करोड ६० लाख र राजश्व बाँडफाँड बापत ५ करोड ६२ लाख ९७ हजार गरी कूल ३८ करोड ४६ लाख ९७ हजार रुपैंयाको बजेट सिलिङ आएको छ । यस्तै प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड,बित्तीय समानीकरण अनुदान ६४ लाख १९ हजार,राजश्व बाँडफाँडतर्फबाट २१ लाख ५४ हजार ९ सय ८० र सर्सत अनुदानबाट ५ लाख ५४ हजार गरी कूल १ करोड ९१ लाख २७ हजार ९ सय ८० रुपैंयाको बजेट सिलिङ आएको थियो । यस्तै पालिकाले आगामी आर्थिक बर्षमा ४१ लाख ५० हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएर बजे बनाएको छ भने चालू आर्थिक बर्षबाट अल्या रकम(नगद मौज्दात) ३ करोड ५१ लाख १९ हजार रुपैंया अनुमान गरेको छ । यि सबै स्रोतलाइ आधार मानेर पालिकाले बजेट तयार गरेको प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले जानकारी दिनुभयो ।
कक्षा १२ सम्म बिषय निःशुल्क,डाक्टर पढ्न ५० प्रतिशत अनुदान
गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममार्फत आठराइ त्रिबेणी गाउँपालिकाले पालिकाभरी कक्षा ११ र १२ अध्ययन निःशुल्क बनाउने घोणा गरिएको छ । यसको अर्थ पालिकाभरीका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको अध्ययन शुल्क पालिकाले व्यर्होने छ । यस्तै प्राविधिक बिषय अध्ययन गर्ने बिद्यार्थीलाइ अनुदान उपलब्ध गराउने नीति समेत पालिकाले सार्वजनिक गरेको छ । एबीबीएस अध्ययन गर्न योग्य बिद्यार्थीलाइ पालिकाले अध्ययन शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ भने केन्द्रीय नीति अनुरुप बालविकास शिक्षक र कर्मचारीलाइ मासिक ७ हजार रुपैंया पालिकाले थप गर्ने भनेको छ ।

पालिकाले ‘एक वडा,एक कृषि पाठशाला’स्थापना गर्ने नीति लिएको जनाएको छ । बाल बिबाह बिरुद्ध सचेतना कार्यक्रम,अपाङ्गता भएका व्यक्तिहरुलाइ जीवन निर्वाहको माध्यमका रुपमा सीप विकास तालिम,पशुपालक किसानलाइ प्रोत्साहन,महिला सचेतना र उद्यमी प्रोत्साहन कार्यक्रम,जेष्ठ नागरिक सम्मान र जेष्ठ नागरिक संरक्षण अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts