|

कोरोना नियन्त्रण तथा व्यवस्थापनका सामग्री खरिदका लागि एचपीएफद्धारा ताप्लेजुङ अस्पताललाइ १८ लाख बढी रकम प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । अन्तराष्ट्रिय गैर सरकारी संस्था ह्युमन प्राक्टिस फउण्डेसन(एचपीएफ)ले स्थानीय तह र जिल्ला अस्पतालले प्रयोग गर्ने कोरोना नियन्त्रण तथा व्यवस्थापनका सामग्री खरिद गर्न ताप्लेजुङ जिल्ला अस्पताललाइ १८ लाख बढी रकम प्रदान गरेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा भौतिक पूर्वाधार तथा क्षमता विकासका कार्यमा विगत लामो समयदेखि काम गर्दै आएको एचपीएफले अस्पताललाइ १८ लाख २० हजार ९ सय ९ रुपैंया प्रदान गरेको हो । एचपीएफका लेखा तथा प्रशासन प्रमुख दिवस भण्डारीका अनुसार यो रकमको चेक ताप्लेजुङ जिल्ला अस्पताललाइ हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुु भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेन र ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाइ यो रकम बराबरको चेक हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिनुभयो । एचपिएफबाट प्राप्त भएको रकमबाट अस्पतालले कोरोना बिरुद्ध प्रयोग हुने बिभिन्न स्वास्थ्य सामग्री खरिद गरी अस्पतालले आवश्यकता अनुसार स्थानीय तह र मातहतका निकायमा प्रेषण गर्ने छ । एचपिएफले जिल्ला अस्पताल र स्थानीय तहलाइ चाहिने गरी १ हजार एन्टीजेन किट खरिद गर्न अनुमानित ९० हजार रुपैंयाको लागत तयार गरेको छ । यस्तै अस्पतालका लागि सीएपीएपी मेसिन खरिदका लागि १ लाख ९० हजार ९ सय ९९ तथा बीआइपीएपी मेसिन खरिदका लागि १ लाख ९७ हजार ९ सय २० रुपैंयाको लागत प्रस्ताव गरिएको छ । यस्तै ९ स्थानीय तहका लागि प्रति स्थानीय तह १०–१० थानका दरले ९० थान पीपीइ सेट खरिदका लागि २ लाख २५ हजार र ९० थान नै फेस सिल्ड खरिदका लागि १३ हजार ५ सय रुपैंया प्रस्ताव गरिएको छ । यस्तै प्रति स्थानीय तह ५ प्याकेटका दरले ४५ प्याकेट सर्जरी मास्क खरिदका लागि १३ हजार ५ सय,प्रति स्थानीय तह ५ लिटरका दरले दिइने ४५ लिटर स्यानीटाइजरका लागि २२ हजार ५ सय,प्रति स्थानीय तह ५ प्याकेटका दरले दिइने ग्लोब्स खरिदका लागि ५४ हजार,प्रति स्थानीय तह ५ थानका दरले दिइने ४५ थान अक्सिमिटरका लागि ९० हजार,प्रति स्थानीय तह ५ थानका दरले दिइने थर्मोमिटरका लागि १३ हजार ५ सय र ढुवानी तथा अन्य व्यवस्थापन खर्चका लागि एकमुष्ट १ लाख रुपैंया प्रस्ताव गरी सो बराबरको रकम अस्पताललाइ दिइएको एचपीएफले जनाएको छ । यसअघि कोरोना नियन्त्रण तथा व्यवस्थापनका कार्यमा सघाउ पु¥याउने उद्देश्यले एचपीएफमा कार्यरत कर्मचारीहरुले आफ्नै तलव कट्टा गरेर ताप्लेजुङ जिल्ला अस्पताललाइ १ लाख रुपैंया दिएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts