दशौं नगरसभाको अवसरमा फुङ्लिङ नगरपालिकाका द्धारा १४ कर्मचारी पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । बर्षभरीको कार्य सम्पादन उत्कृष्ट भएको आधारमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दशौं नगरसभामार्फत १४ जना कर्मचारीलाइ जनही नगद ५ हजार रुपंैंयाका साथ पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा लेखा अधिकृत तेजेन्द्र तामाङ,जनस्वास्थ्य निरीक्षक मौसम खवास,सव–इञ्जिनियर लोकेन्द्र बुढाथोकी,कम्प्युटर अपरेटर बसन्तराज सुनुवार,सिनियर अहेव लक्ष्मीमाया वनेम र सिनियर अनमी संगिता पतङ्वा लगायत रहनु भएको छ । यस्तै सह–लेखापालद्धय भोलानाथ सिग्देल र बिमल लिम्बू,खरिदार सचिन रेग्मी,अहेवद्धय देउमान गुरुङ र रुद्र कटुवाल,अनमी सजिना शेर्पा,असिष्टेन्ट सव–इञ्जिनियर हेमराज बिष्ट र कार्यालय सहयोगी पदम गिरी रहनु भएको छ ।

पुरस्कृत हुनेहरुलाइ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की लगायतले नगद,दोसल्ला तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts