|

लिटलबुद्धद्धारा तोक्मे सामुदायिक वन क्षेत्रमा वृक्षरोपण,पदमार्गको सफाइ पनि गरियो,फुङ्लिङ नगरप्रमुख प्याकुरेलद्धारा कामको प्रशंसा

अरुलाई पनि शेयर गरौ !

इज्यालो पोष्ट
ताप्लेजुङ,असार ९ । सृजनात्मक काममा सधैं अब्बल देखिएको ताप्लेजुङको लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलले कोरोना महामारीका बीच फेरी अर्को रचनात्मक कार्य गरेको छ । ‘म अघि बढ्छु’ अभियान अन्र्तगत सो बिद्यालयमा गठित सगरमाथा टिन्स क्लवको आयोजनामा बुधवार वृक्षरोपण कार्य सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर फुङ्लिङस्थित तोक्मे नर्सरी सामुदायिक वनमा वृक्षरोपण गरिएकोे बिद्यालयका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो । भौतिक दुरी कायम गर्दै मास्क र स्यानीटाइजरको प्रयोग सहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गरेर वृक्षरोपण गरिएको बिद्यालयले बताएको छ ।

सो बखत ३५ ओटा लालीगुँरास र ७० ओटा अन्य प्रजातिका विरुवा रोपण गरिएको प्रिन्सिपल गिरीले बताउनुभयो । वृक्षरोपण संगै तोक्मे क्षेत्रमा रहेको सामुदायिक वन हुँदै सुकेटारतर्फ जाने पदमार्ग समेत सफाइ गरिएको छ । गिरीका अनुसार आगामी दिनमा सफाइ व्यवस्थित गर्न यो पदमार्ग क्षेत्रमा ७ वटा फोहर व्यवस्थापन भाँडा(डस्बिन) राखिएको छ । करिव एक दर्जन हारहारी डस्बिन भने सफाइ उपयोगी हुने उद्देश्य सहित बिभिन्न संघसंस्थालाइ प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । यो कार्यक्रम गत जुन ५ मा गर्नेगरी तय भएको थियो । कोरोना संक्रमणको अत्यधिक त्रासका कारण अहिले कोरोना सन्त्रास केहि साम्य भएको मौका पारी कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ ।

किशोर किशोरीलाइ सृजनात्मक काममा केन्द्रित गर्दै कुलत बिरुद्धको अभियानमा सशक्त बनाउने उद्देश्य सहित प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टिन्स क्लवमार्फत बिद्यालय तहमा सृजनात्मक काम गर्ने अभियान चलाइ रहेको छ । ताप्लेजुङका लागि यो अभियानका लागि मुख्य प्रशिक्षक तोकिनु भएका रमेश घिमिरेका अनुसार सगरमाथा टिन्स क्लवमार्फत ताप्लेजुङका बिद्यालयहरुमा किशोर किशोरीलाइ सकारात्मक मूल प्रवाहीकरणको कार्यमा अग्रसर गराइदैं आएको छ । वृक्षरोपण अभियानको शुभारम्भ गर्दै फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले यस्ता सृजनात्मक कार्यले समाज र राष्ट्रको उत्थानमा योगदान पुग्ने बताउनुभयो ।

उहाँले बिद्यार्थी र शिक्षकमार्फत सुरु भएका अभियान अभिभावकमार्फत समुदायस्तरमा पुग्ने बिश्वास लिनुभयो । कार्यक्रममा डिभिजन वन अधिकृत वीरेन्द्र शाह,जिल्ला प्रहरी प्रमुख(प्रहरी नायव उपरीक्षक)बालनरसिंह राणा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम सहितका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts